• ट्रेण्डिङ्ग :
क्षतिग्रस्त संरचनाको अवलोकनमा गृहमन्त्री अर्याल र ऊर्जामन्त्री घिसिङ

क्षतिग्रस्त संरचनाको अवलोकनमा गृहमन्त्री अर्याल र ऊर्जामन्त्री घिसिङ

  • 2.3K
    SHARES
    • आश्विन १, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 3.5K Views

    क्षतिग्रस्त संरचनाको अवलोकनमा गृहमन्त्री अर्याल र ऊर्जामन्त्री घिसिङ

    काठमाडौँ, असोज १ गते। नवनियुक्त गृह र ऊर्जामन्त्रीले बुधबार भदौ २३ र २४ गतेको जेनजी आन्दोलनकाक्रममा आगजनी भएका सरकारी संरचनाको अनुगमन गर्नुभएको छ। 

    images

    बुधबार दिउँसो  गृहमन्त्री तथा कानुन मन्त्री ओमप्रकाश अर्याल र ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङ ले नयाँ बानेश्वर पुगेर संघीय संसद भवनको अवलोकन गर्नुभएको हो।

    जेनजी प्रदर्शनका क्रममा उक्त भवन पूर्णरुपमा जलेर ध्वस्त भएको छ । प्रदर्शनमा तीन नेपाल प्रहरीसहित मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको छ ।  

    तेस्रो आँखा