सुनको मूल्यमा किर्तिमानी वृद्धि, तोलाकै २ लाख ४० हजार नजिक

सुनको मूल्यमा किर्तिमानी वृद्धि, तोलाकै २ लाख ४० हजार नजिक


  • 4.9K
    SHARES
    • आश्विन २३, २०८२ बिहीबार
    • १ बर्ष अघि
    • 7.6K Views

    सुनको मूल्यमा किर्तिमानी वृद्धि, तोलाकै २ लाख ४० हजार नजिक

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान कायम गरेको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार २०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा बिहीबार थप १ हजार २०० रुपैयाँको वृद्धि भएको हो ।

    images

    सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेखनीय वृद्धि भएको छ । बुधबार प्रतितोला २ हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला ३ हजार ३५ रुपैयाँ पुगेको छ ।

    विश्लेषकहरूका अनुसार भूराजनीतिक तनाव, विश्वव्यापी आर्थिक अस्थिरता र अमेरिकी डलरको कमजोर प्रदर्शनले सुनको मूल्यमा निरन्तर वृद्धि ल्याएको हो ।

     


    तेस्रो आँखा