सुनको मूल्य तोलामा तीन हजारले वृद्धि

सुनको मूल्य तोलामा तीन हजारले वृद्धि


  • 5.1K
    SHARES
    • आश्विन २६, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 7.9K Views

    सुनको मूल्य तोलामा तीन हजारले वृद्धि

    काठमाडौँ, असोज २६ । गत शुक्रबारको तुलनामा सुनको मूल्य तीन हजारले बढेको छ भने चाँदीको मूल्य पनि ४० ले वृद्धि भएको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार दुई लाख ३५ हजारमा कारोबार भएको एक तोला सुनको मोल आइतबार तीन हजारले बढेर दुई लाख ३८ हजार कायम भएको छ । सोही दिन एक तोला चाँदी रु. तीन हजार ८५ मा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी तीन हजार १२५ मा किनबेच  भइरहेको छ ।

    अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  


    तेस्रो आँखा