• ट्रेण्डिङ्ग :
सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन आठ हजार एक सयले बढ्यो

सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन आठ हजार एक सयले बढ्यो


  • 6.2K
    SHARES
    • आश्विन २८, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 9.5K Views

    सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन आठ हजार एक सयले बढ्यो

    काठमाडौँ, असोज २८ । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले मङ्गलबार सुनको मूल्य तोलामा आठ हजार एक सय रुपियाँले बढेको जनाएको छ ।

    images

    महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा दुई लाख ४८ हजार पाँच सय रुपियाँ कायम भएको हो ।

    सोमबार छापावाल सुन तोलामा दुई लाख ४० हजार चार सय रुपियाँमा कारोबार भएको थियो । 

    अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य निरन्तर बढिरहेकाले स्थानीय बजारमा पनि यसको असर देखिएको हो ।

    यसैबिच, चाँदीको मूल्य मङ्गलबार बढेर तोलामा तीन हजार ३२५ रुपियाँ पुगेको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो ।
    सोमबार चाँदी तोलामा तीन हजार २२० रुपियाँ कायम भएको थियो । 


    तेस्रो आँखा