सुनकाे मूल्यमा नयाँ रेकर्ड कायम, ताेलामा २ लाख ५० हजार ९ सय

सुनकाे मूल्यमा नयाँ रेकर्ड कायम, ताेलामा २ लाख ५० हजार ९ सय


  • 3.1K
    SHARES
    • आश्विन ३०, २०८२ बिहीबार
    • १ बर्ष अघि
    • 4.7K Views

    सुनकाे मूल्यमा नयाँ रेकर्ड कायम, ताेलामा २ लाख ५० हजार ९ सय

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले बिहीबार हालसम्मकै सबै रेकर्ड तोड्दै नयाँ इतिहास कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रति तोला २ लाख ५० हजार ९ सय रुपैयाँ पुगेको छ । बुधबारको तुलनामा एकै दिन २ हजार रुपैयाँको भारी वृद्धि भएपछि सुनको मूल्यले कीर्तिमानी उचाइ चुमेको हो ।

    images

    यो वृद्धि नेपाली सुन बजारका लागि एउटा महत्वपूर्ण घटना हो । बुधबार प्रति तोला २ लाख ४८ हजार ९ सय रुपैयाँ रहेको सुनको मूल्य बिहीबार थप २ हजार रुपैयाँले बढेर अकल्पनीय बिन्दुमा पुगेको हो ।  महासंघका अनुसार, १० ग्राम सुनको मूल्य पनि २ लाख १५ हजार १०५ रुपैयाँ पुगेको छ ।

    सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । बुधबार प्रति तोला ३ हजार २४० रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार बढेर ३ हजार २७५ रुपैयाँ कायम भएको छ ।


    तेस्रो आँखा