सुनको मूल्यमा चार दिनदेखि निरन्तर गिरावट

सुनको मूल्यमा चार दिनदेखि निरन्तर गिरावट


  • 1.3K
    SHARES
    • कार्तिक १३, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 2.0K Views

    सुनको मूल्यमा चार दिनदेखि निरन्तर गिरावट

    काठमाडौँ, कात्तिक १२ गते । यो साता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो चार दिनदेखि सुनको मूल्य लगातार ओरालो देखिएको हो ।

    images

    गत आइतबार एकैदिन प्रतितोला ११ हजार ६०० ले घटेर दुई लाख ४१ हजार नौ सय रुपियाँ कायम भएको सुनको मूल्य सोमबार पुनः तोलामा दुई हजार घटेर दुई लाख ३९ हजार नौ सयमा किनबेच भएको थियो । हिजो मङ्गलबार प्रतितोला दुई हजार नौ सय रुपियाँले घटेपछि दुई लाख ३७ हजारमा कारोबार भएको सुन बुधबार पुनः तोलामा सात सय घटेर दुई लाख ३६ हजार तीन सय रुपियाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    आज चाँदीको मूल्य भने बढेको छ । मङ्गलबार प्रतितोला दुई हजार ९२० मा किनबेच भएको चाँदी आज बढेर दुई हजार ९६५ पुगेको हो ।

    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ९६० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

     
     
     
     
     


    तेस्रो आँखा