सुनको मूल्यमा सामान्य वृद्धि

सुनको मूल्यमा सामान्य वृद्धि


  • 2.6K
    SHARES
    • कार्तिक १७, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 4.0K Views

    सुनको मूल्यमा सामान्य वृद्धि

    काठमाडौँ,  कात्तिक १६ ।  गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला रु. ७०० ले बढेको छ भने चाँदी प्रतितोला रु. पाँचले घटेको छ ।

    गत शुक्रबार तोलाको रु. दुई लाख ३९ हजारमा कारोबार भएको  एक तोला सुनको मूल्य आज रु. दुई लाख ३९ हजार ७०० कायम भएको महासङ्घले जनाएको छ ।  यसैगरी, चाँदीको मोल प्रतितोला रु. तीन हजार ५५ निर्धारण भएको छ ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन चार हजार अमेरिकी डलरमा कारोबार भइरहेको छ ।  रासस


    तेस्रो आँखा