• ट्रेण्डिङ्ग :
त्रिवि क्रिकेट मैदानको स्तरोन्नती धमाधम (फोटो फिचर)

त्रिवि क्रिकेट मैदानको स्तरोन्नती धमाधम (फोटो फिचर)


  • 4.6K
    SHARES
    • कार्तिक २१, २०८२ बिहीबार
    • १० महिना अघि
    • 7.1K Views

    त्रिवि क्रिकेट मैदानको स्तरोन्नती धमाधम (फोटो फिचर)

    काठमाडौँ, कात्तिक १९ गते । त्रिवि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतीको काम धमाधम भइरहेको छ । देशको एकमात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदानको भार थेग्दै आएको कीर्तिपुर मैदानमा पुनर्निर्माणकाे काम भइरहेको छ । 

    images

    अहिले स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । मङ्सिर १ देखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपिएल) को खेलका लागि निर्माण कार्य सम्पन्न भइसक्ने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

    डेढ वर्षदेखि निर्माण कार्य सुरु भएको मैदान परिसरको प्याराफिटमा सिट राख्ने काम सकिएको छ । अहिले फ्लडलाइट जडान, मैदानको सरसफाइ र क्रिज पेल्ने काम धमाधम भइरहेको छ । त्यस्तै तार जाली लगाउने र पार्किङ बनाउने काम  भइरहेको छ । 

    रङ्गशालामा ४५ मिटर तथा ६० मिटर अग्ला ६ वटा ३०/३० टनका हाइमास्ट लाइट जडान गर्ने काम भइरहेको छ । ६ वटा पोल मध्ये तीन वटा पोलमा फ्लडलाइट जडान भइसकेको छ भने बाँकी तीन वटा पोलमा लाइट राख्ने काम सुरु गरिएको छ ।

    गत असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले शहरी विकास मन्त्रालयको प्रस्तावमा रङ्गशालाको गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकतामा निर्धारण गरेको थियो । 

    गुरुयोजना बमोजिम रङ्गशाला निर्माणका लागि करिब १० अर्ब रुपैयाँ बजेट सुनिश्चित गर्दै दोस्रो चरणको निर्माण अगाडि बढाउने निर्णय गरेको थियो ।  फ्लडलाइटकाे काम सकिएपछि सम्भव भएसम्म एनपिएलका खेल राती खेलाइने क्यानको तयारी छ । 

     गोरखापत्र अनलाइन


    तेस्रो आँखा