• ट्रेण्डिङ्ग :
रिलायन्स मिल्सले विद्युत महसुल बक्यौताको पहिलो किस्ता तिर्‍यो : काटिएको लाइन जोडियो

रिलायन्स मिल्सले विद्युत महसुल बक्यौताको पहिलो किस्ता तिर्‍यो : काटिएको लाइन जोडियो


  • 2.6K
    SHARES
    • कार्तिक २१, २०८२ बिहीबार
    • १ बर्ष अघि
    • 4.0K Views

    रिलायन्स मिल्सले विद्युत महसुल बक्यौताको पहिलो किस्ता तिर्‍यो  : काटिएको लाइन जोडियो

    काठमाडौँ,  कात्तिक २० गते। विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको सुनसरीमा सञ्चालित रिलायन्स स्पिनिंग मिल्सले प्रिमियम महसुलको बक्यौता रकम बिहीबार तिरेको छ।

    images

    पहिलो किस्ता तिरेपछि रिलायन्सको विच्छेद गरिएको विद्युत लाइन जडान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिनुभयो।

    रिलायन्सले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो।

    रिलायन्सको ७५ करोड ३७ लाख  रुपियाँ बक्यौता रहेको छ।बक्यौतालाई २८ किस्तामा विभाजन गरी रिलायन्सले दुई करोड ७७ लाख रुपैयाँ पहिलो किस्ता बुझाएको हो। 

     


    तेस्रो आँखा