सुनको मूल्य तोलामा ५ हजार ९ सय रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा ५ हजार ९ सय रुपैयाँले बढ्यो


  • 2.1K
    SHARES
    • कार्तिक २८, २०८२ बिहीबार
    • ११ महिना अघि
    • 3.3K Views

    सुनको मूल्य तोलामा ५ हजार ९ सय रुपैयाँले बढ्यो

    काठमाडौं, २७ कात्तिक । सुनको भाउ फेरि साढे २ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँ तोकेको छ ।

    images

    अघिल्लो दिनको तुलनामा आज एकैदिन सुन तोलामा ५ हजार ९ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन २ लाख ४४ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

    अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुनको भाउ प्रतिऔंस ४२०० डलर नाघेको छ । यसअघि अन्तर्राष्ट्रिय बजारमा कारोबार भइरहँदा प्रतिऔंस ४३८१ डलरसम्म पुगेको रेकर्ड छ ।

    त्यस्तै नेपाली बजारमा असोज ३१ गते सुनको भाउ प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

    चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी तोलाको १७० रुपैयाँ बढेको हो । आज प्रतितोला ३३४५ रुपैयाँ चाँदीको मूल्य तय भएको महासंघले जनाएको छ । यसअघि असोज ३१ गते चाँदीको भाउमा ३३५० रुपैयाँको रेकर्ड बनेको छ ।


    तेस्रो आँखा