• ट्रेण्डिङ्ग :
तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो


  • 5.3K
    SHARES
    • मंसिर १, २०८२ आइतबार
    • ११ महिना अघि
    • 8.2K Views

    तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

    काठमाडौँ, कात्तिक ३० गते। चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ।

    images

    नेपाल राष्ट्र बैँकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को असोज महिनासम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार विप्रेषण आप्रवाह ३५ दशमलव चार प्रतिशतले वृद्धि भई पाँच खर्ब ५३ अर्ब ३१ करोड पुगेको हो।

    गत असोज महिनामा मात्र दुई खर्ब एक अर्ब २२ करोड विप्रेषण आप्रवाह भएको राष्ट्र बैँकले जनाएको छ।

    यो अवधिमा खुद द्वितीय आय छ खर्ब १० अर्ब ६१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय चार खर्ब ४३ अर्ब ७६ करोड रहेको थियो।

    पछिल्लो तीन महिना अवधिमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगततर्फ अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या एक लाख २३ हजार ४५९ र पुनःश्रम स्वीकृति लिनेको सङ्ख्या ७७ हजार २५७ रहेको छ। रासस  

     


    तेस्रो आँखा