सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि


  • 2.2K
    SHARES
    • मंसिर ५, २०८२ बिहीबार
    • ११ महिना अघि
    • 3.4K Views

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    काठमाडौँ, मङ्सिर ४  ।  अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज दुवै धातुको मूल्य बढेको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा रु. ७०० ले बढेको छ भने त्यति नै परिमाणको चाँदी रु. ३५ ले बढेको छ । आज एक तोला सुनको मोल रु. दुई लाख ४३ हजार निर्धारण भएको छ । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु. तीन हजार १८५ कायम भएको छ । 

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।  रासस

     


    तेस्रो आँखा