सुनको मुल्यमा सामान्य गिरावट

सुनको मुल्यमा सामान्य गिरावट


  • 2.4K
    SHARES
    • मंसिर १२, २०८२ बिहीबार
    • ११ महिना अघि
    • 3.7K Views

    सुनको मुल्यमा सामान्य गिरावट

    काठमाडौँ,  मङ्सिर ११  ।  आज सुनचाँदीको मोलमा केही थपघट भएको छ । सुन तोलामा रु। ४०० ले घटेको छ भने चाँदी रु। ६० ले बढेको छ ।  

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु। दुई लाख ४८ हजार ४०० कायम भएको छ । आज चाँदीको मोल पनि बढेर तोलामा रु। तीन हजार २८० कायम भएको छ ।

    हिजो सुनको मूल्य प्रतितोला रु। दुई लाख ४८ हजार ८०० कायम भएको थियो भने एक तोला चाँदी रु। तीन हजार २२० मा कारोबार भएको थियो । 

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन चार हजार १५४ र त्यति नै चाँदी ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 


    तेस्रो आँखा