काठमाडौं, १२ चैत्र । पछिल्लो २४ घण्टामा नेपालभर थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालभर दुई हजार छ सय ५५ जनाको नमुना परीक्षण गर्दा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
एक हजार छ सय ९६ जनाको पिसिआर परीक्षण गर्दा आठ जनामा र नौ सय ५९ जनाको एन्टीजेन परीक्षण गर्दा शून्य जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमको कारण शून्य जनाको मृत्यु भएको छ भने दुई सय १० जना संक्रमित निको भएका छन् ।
हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या एक हजार सात सय ५८ रहेको छ ।
