सुनचाँदीको मूल्य निरन्तर बढ्दो

सुनचाँदीको मूल्य निरन्तर बढ्दो


  • 1.2K
    SHARES
    • मंसिर २६, २०८२ बिहीबार
    • १० महिना अघि
    • 1.9K Views

    सुनचाँदीको मूल्य निरन्तर बढ्दो

    काठमाडौँ,  मङ्सिर २५ ।  बुधबारको तुलनामा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५३ हजार १०० कायम भएको छ भने एक तोला चाँदीको मोल रु तीन हजार ८०५ निर्धारण भएको छ ।

    बुधबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५२ हजार १०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ७५० मा कारोबार भएको थियो । 

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २४२ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।रासस


    तेस्रो आँखा