सुनचाँदीको मूल्य निरन्तर उकालोमा

सुनचाँदीको मूल्य निरन्तर उकालोमा


  • 5.9K
    SHARES
    • पौष २, २०८२ बुधबार
    • १० महिना अघि
    • 9.1K Views

    सुनचाँदीको मूल्य निरन्तर उकालोमा

    काठमाडौँ,  पुस २ ।  सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा आज सुन तोलामा रु. ७०० सय र त्यति नै परिमाणको चाँदी रु. १७० ले बढेको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख ५९ हजार ७०० कायम भएको छ भने एक तोला चाँदीको मोल रु. चार हजार ५५ निर्धारण भएको छ ।

    मङ्गलबार सुनको मूल्य प्रतितोला रु. दुई लाख ५९ हजार निर्धारण भएको थियो भने एक तोला चाँदी रु. तीन हजार ८८५ मा कारोबार भएको थियो ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ३३० र त्यति नै परिमाणको चाँदी ६५ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ । रासस

  • सम्बन्धित विषय:

  • # सुनचाँदी

  • तेस्रो आँखा