आज पनि सुनचाँदीको मूल्य बढ्यो

आज पनि सुनचाँदीको मूल्य बढ्यो


  • 2.4K
    SHARES
    • पौष ११, २०८२ शुक्रबार
    • १० महिना अघि
    • 3.7K Views

    आज पनि सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौँ,  पुस ११ ।  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ। 

    images

    आज छापावाल सुनको मूल्य प्रतितोला रु। दुई लाख ६९ हजार ३०० र त्यति नै चाँदीको मोल रु। चार हजार ५८५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । दुवै धातुको मूल्य हालसम्मको उच्च हो । 

    गत बुधबार छापावाल सुन प्रतितोला रु। दुई लाख ६८ हजार १०० मा र चाँदी रु। चार हजार ४२० मा कारोबार भएको थियो । बिहीबार दुवै धातुको मूल्यमा सामान्य गिरावट आएर प्रतितोला सुन रु। दुई लाख ६७ हजार ५०० र चाँदी रु। चार हजार ४०० मा कारोबार भएको थियो । 

    अमेरिकी डलरको भाउ बढेसँगै सुनचाँदीको मूल्य पनि बढेको विश्लेषकहरूले बताएका छन् । अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  रासस

     


    तेस्रो आँखा