सुनको मूल्य तोलामा २१ सयले घट्यो

सुनको मूल्य तोलामा २१ सयले घट्यो


  • 3.0K
    SHARES
    • पौष २०, २०८२ आइतबार
    • ९ महिना अघि
    • 4.6K Views

    सुनको मूल्य तोलामा २१ सयले घट्यो

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९आइतबार० छापावाला सुनको मूल्य तोलामा २ हजार १ सयले घटेको हो ।

    images

    महासंघका अनुसार आज प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन शुक्रबार सुन तोलाको २ लाख ६२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन शुक्रबार तोलाको ४ हजार ५२५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर ४ हजार ५ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

     


    तेस्रो आँखा