सुनको मूल्य तोलामा २ हजारले घट्यो

सुनको मूल्य तोलामा २ हजारले घट्यो


  • 1.8K
    SHARES
    • पौष २४, २०८२ बिहीबार
    • ९ महिना अघि
    • 2.8K Views

    सुनको मूल्य तोलामा २ हजारले घट्यो

    काठमाडौं । निरन्तर उकालो लागिरहेको सुनको मूल्यमा बिहीबार उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पाँचौं दिन सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले सस्तिएको हो ।

    images

    यो गिरावटसँगै बजारमा छापावाल सुनको कारोबार मूल्य प्रतितोला २ लाख ६५ हजार ७ सय रुपैयाँ कायम भएको छ । यसअघि बुधबार सुन प्रतितोला २ लाख ६७ हजार ७ सय रुपैयाँमा खरिद–बिक्री भएको थियो ।

    सुनसँगै चाँदीको भाउमा पनि गिरावट देखिएको छ । अघिल्लो दिन ९बुधबार० हालसम्मकै महँगो अर्थात् प्रतितोला ४ हजार ९३५ रुपैयाँमा कारोबार भएको चाँदी, बिहीबार तोलामा १०० रुपैयाँले घटेको छ ।

     

     


    तेस्रो आँखा