एक तोला सुनको मूल्य तीन लाख एक हजार माथि

एक तोला सुनको मूल्य तीन लाख एक हजार माथि


  • 2.7K
    SHARES
    • माघ १०, २०८२ शुक्रबार
    • ९ महिना अघि
    • 4.1K Views

    एक तोला सुनको मूल्य तीन लाख एक हजार माथि

    काठमाडौँ,  माघ ९ गते ।  स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।  बिहीबारको तुलनामा आज प्रतितोला सुन रु नौ हजार २०० र चाँदी रु ३२० ले बढेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख एक हजार ४०० त्यति नै चाँदीको मोल रु छ हजार १९० कायम भएको छ । गत बुधबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९५ हजार १०० र त्यति नै चाँदीको मोल रु पाँच हजार ९२० कायम भएको थियो । मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार ७०० त्यति नै चाँदीको मोल रु पाँच हजार ८८० कायम भएको थियो । गत आइतबार एक तोला सुन रु दुई लाख ७८ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ६२५ मा कारोबार भएको थियो । सोमबार एक तोला सुन रु दुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु रु पाँच हजार ८१० मा खरिदबिक्री  भएको थियो । 

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९६० र त्यति नै 


    तेस्रो आँखा