एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय

एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय


  • 3.5K
    SHARES
    • माघ १२, २०८२ आइतबार
    • ९ महिना अघि
    • 5.4K Views

    एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय

    काठमाडौँ, माघ  ११  ।  स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।  शुक्रबारको तुलनामा आज प्रतितोला सुन रु. दुई हजार ४०० र चाँदी रु. दुई सय ९० ले बढेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु. तीन लाख तीन हजार ८०० त्यति नै चाँदीको मोल रु. छ हजार ४८० कायम भएको छ । गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य रु. तीन लाख एक हजार ४०० र त्यति नै चाँदीको मोल रु. छ हजार १९० कायम भएको थियो । 

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९८७ र त्यति नै परिमाणको सेतो धातु १०३ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य

  • तेस्रो आँखा