सुनचाँदीको मूल्य पुनः वृद्धि

सुनचाँदीको मूल्य पुनः वृद्धि


  • 2.7K
    SHARES
    • माघ २६, २०८२ आइतबार
    • ८ महिना अघि
    • 4.1K Views

    सुनचाँदीको मूल्य पुनः वृद्धि

    काठमाडौँ, माघ २५ गते । स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार १० कायम भएको छ ।

    शुक्रबार एक तोला छापावाल सुन दुई लाख ९१ हजार  र त्यति नै परिमाणको चाँदी चार हजार ७१० मा कारोबार भएको थियोभने बिहीबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९५ हजार २०० र त्यति नै तौलको चाँदी चार हजार ९८० मा खरिदबिक्री भएको थियो ।

    यसैगरी, गत बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख चार हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार ६०० कायम भएको थियो भने मङ्गलबार एक तोला छापावाल सुन दुई लाख ९० हजार ३०० र चाँदी पाँच हजार ३३५ मा किनबेच  भएको थियो ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ४६७ र त्यति नै परिमाणको सेतो धातु ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस 

     


    तेस्रो आँखा