कोडालाई उत्कृष्ट फिल्मको ओस्कार अर्वाड

कोडालाई उत्कृष्ट फिल्मको ओस्कार अर्वाड


  • 10.2K
    SHARES
    • चैत्र १४, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 15.7K Views

    कोडालाई उत्कृष्ट फिल्मको ओस्कार अर्वाड

    एजेन्सी, १४ चैत । फिल-गुड पारिवारिक चलचित्र ‘कोडा’ ले ओस्कारको उत्कृष्ट अर्वाड जितेको छ । सोमबार अमेरिकाको डल्बी थिएटरमा भएको कार्यक्रममा ओस्कार विजेता फिल्मको अवार्ड दिइएको हो। कोडाले ड्युन, बेलफास्ट, द पावर अफ डग जस्ता फिल्मलाई पछि पारेको हो।

    images

    काेडाले ९४औँ वार्षिक एकेडेमी अवार्डमा उत्कृष्ट तस्विरको अवार्डसमेत  जितेकाे छ, जुन स्ट्रिमिङ प्लेटफर्मको लागि पहिलो जित हो। 

    द हिन्दु समाचारकाअनुसार यस चलचित्रमा सुन्न र बाेल्न नसक्ने समुदायको कथावस्तुलाई चित्रण गरिएकाे छ। चलचित्रमा सुन्न र बाेल्न नसक्ने एक युवती गायीका बन्न चाहन्छिन् । यो चलचित्र मनोनयनमा परेको तीनवटै विधामा विजयी भएको हो ।

    फिल्ममा सुन्न नसक्ने बुबाको भूमिका निभाउने अभिनेता ट्रोय कोटसुरले उत्कृष्ट सह अभिनेताको अवार्ड जितेका छन् भने निर्देशक सियान हेडरले बेस्ट एडाप्टेड स्क्रिनप्लेको अवार्ड जितेका छन् ।  


    तेस्रो आँखा