सुनचाँदीकोे मूल्य बढ्यो

सुनचाँदीकोे मूल्य बढ्यो


  • 2.3K
    SHARES
    • फाल्गुण २६, २०८२ मंगलबार
    • ७ महिना अघि
    • 3.6K Views

    सुनचाँदीकोे मूल्य बढ्यो

    काठमाडौँ,  फागुन २६ गते ।  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु तीन हजार ८०० र चाँदी प्रतितोला रु ३१० ले बढेको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  छापावाल सुनको मोल प्रतितोला रु तीन लाख १७ हजार कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु पाँच हजार ७२० निर्धारण भएको छ । हिजो सोमबार एक तोला सुन रु तीन लाख १३ हजार २०० र त्यति नै परिमाणको सेतो धातु रु पाँच हजार ४१० मा कारोबार भएको थियो । 

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १४१ र त्यति नै परिमाणको सेतो धातु ८७ ५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस

     
     


    तेस्रो आँखा