• ट्रेण्डिङ्ग :
मर्दी पदयात्रा क्षेत्रका पर्यटन व्यवसायीलाई विद्युत् सुविधा - ऊर्जामन्त्री भुसाल

मर्दी पदयात्रा क्षेत्रका पर्यटन व्यवसायीलाई विद्युत् सुविधा - ऊर्जामन्त्री भुसाल


  • 8.1K
    SHARES
    • चैत्र १५, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 12.4K Views

    मर्दी पदयात्रा क्षेत्रका पर्यटन व्यवसायीलाई विद्युत् सुविधा - ऊर्जामन्त्री भुसाल

    काठमाडौं, १५ चैत्र । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालको समृद्धिको प्रमुख आधारका रूपमा रहेको पर्यटन क्षेत्रलाई आवश्यक विद्युत् सेवा उपलब्ध गराएर सुविधा उपलब्ध गराउन सरकार प्रतिवद्ध रहेको बताएकी छन् ।

    images

    विश्व प्रसिद्ध मर्दी हिमाल पदयात्रा क्षेत्रमा विद्युतीकरणको मागसहित आएका त्यहाँका पर्यटन व्यवसायीसँग सोमबार साँझ पोखरामा भएको भेटमा उनले  विद्युत् सुविधा नपुगेका क्षेत्रमा विद्युत् विस्तार सरकारको प्राथमिकतामा रहेकाले मर्दी क्षेत्रमा विद्युत् उपलब्ध गराइने प्रतिवद्धता गरिन् । ऊर्जामन्त्री भुसालले सरकारले उत्पादित बिजुली सकेसम्म स्वदेशमै खपत बढाउने योजना बनाएको बताए । 

    उनले भनिन् 'हाम्रो पहिलो प्राथमिकता विदेशमा निर्यातभन्दा पनि देशभित्रै खपत वृद्धि गर्ने हो । जसका लागि बिजुली नपुगेका क्षेत्रमा राष्ट्रिय प्रसारणको बत्ती पु¥याउने योजनामा सरकार छ । पर्यटन क्षेत्रलाई चाहिएजति बिजुली दिन प्रतिवद्ध छौँ ।' सरकारले आगामी दुई वर्षभित्रमा देशभर विद्युतीकरण गरिसक्ने गरी काम अघि बढाएको मन्त्री भुसालले जानकारी दिइन् । 

    मर्दी क्षेत्रमा पर्यटकको चाप बढेसँगै होटल खुल्ने क्रम वृद्धि भए पनि बिजुली नहुँदा आफूहरू समस्यामा परेको पर्यटन व्यवसायीले गुनासो गरेका थिए। कास्कीमा अवस्थित चर्चित मर्दी हिमाल पदयात्रा क्षेत्रको डुँढखर्क, फरेष्ट क्याम्प, रेष्ट क्याम्प, लो क्याम्प, बादलडाँडा र हाइक्याम्प क्षेत्रमा हाल ५५ वटा होटलमा सञ्चालनमा छन् ।

     


    तेस्रो आँखा