सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो


  • 1.8K
    SHARES
    • चैत्र १९, २०८२ बिहीबार
    • ७ महिना अघि
    • 2.8K Views

    सुनचाँदीको मूल्य घट्यो

    काठमाडौँ, चैत १९  गते ।  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य केही घटेको छ । सुन तोलामा रु तीन हजार ६०० र चाँदी रु १६५ ले घटेको हो । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ७८० कायम भएको छ । 

    हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९७ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९४५ कायम भएको थियो । 

    गत मङ्गलबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९० हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ८४५ कायम भएको थियो । 

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २०० र त्यति नै परिमाणको चाँदी ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस


    तेस्रो आँखा