ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतबार 

ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतबार 


  • 8.2K
    SHARES
    • मंसिर १०, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 12.7K Views

    ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतबार 
     
    काठमाडौं, १० मंसिर । ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ १३ मंसिरमा बुक क्लोज गर्ने भएको छ ।
     
    यसर्थ, १२ मंसिरसम्म नेप्सेमा कायम सेयरधनीले साधारणसभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न कम्पनीले आगामी २७ मंसिरमा साधारणसभा आह्वान गरेको छ ।
     
    सभा बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुनेछ । कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र तीन दशमलव पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव छ ।

  • सम्बन्धित विषय:

  • # ग्लोबल आइएमई बैंक

  • तेस्रो आँखा