• ट्रेण्डिङ्ग :
नेप्सेमा दोहोरो अंकको गिरावट

नेप्सेमा दोहोरो अंकको गिरावट


  • 8.6K
    SHARES
    • चैत्र १५, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 13.2K Views

    नेप्सेमा दोहोरो अंकको गिरावट

    काठमाडौं, १५ चैत्र। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जकाअनुसार नेप्से परिसूचक १४.२६ अंकले ओरालो लागेर दुई हजार ५२७.५८ मा ओर्लेको छ। 

    images

    यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक २.१५ अंकले ओरालो लागेर ४७१.९३ मा ओर्लेको छ। नेप्सेको ओरालो यात्रासँगै कारोबार रकमसमेत ओरालो लागेको छ। कूल २२५ कम्पनीको  ३८ लाख ९० हजार १३१ कित्ता शेयर रु एक अर्ब ७५ करोड ६ लाख २८ हजार १९९ मूल्यमा खरिद बिक्री भए। शेयर कारोबार हुने साताको तेस्रो दिन मंगलबारको कारोबारपछि बजार पुँजीकरण रु ३५ खर्ब ८६ अर्ब ८५ करोड ८८ लाख ७० हजार बराबर छ।

    नेप्सेकाअनुसार आज कारोबार भएका कूल १३ उपसमूहमध्ये एक उपसमूहको मात्रै शेयर मूल्यमा वृद्धि भएको  छ भने १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ। होटल तथा पर्यटन २५.५२ अंकले ओरालो लाग्दा बैंकिङ ५.५४, व्यापार ०.५१, विकास बैंक २६.३५, जलविद्युत् १६.४८, वित्त १४.९६, निर्जीवन बीमा ७६.६९, उत्पादन १५.०१, अन्य २०.०५, लघुवित्त ३४.५४, जीवन बीमा २१९.६३, सामूहिक लगानी कोष ०.०४ र लगानी ०.०९ अंकले ओरालो लागेको छ।

    कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ। सो कम्पनीको रु सात करोड ९१ लाख ९९ हजार बराबरको कारोबार भयो। यस्तै, ग्लोबल आइएमई बैंक रु सात करोड २६ लाख ७१ हजार ७९७, नेपाल लाइफ इन्स्योरेन्स रु ६ करोड ५९ लाख ९९ हजार ८६७, जीवन विकास लघुवित्त रु पाँच करोड ७८ लाख ६३ हजार ४७२ र हिमालयन डिस्टिलरी रु पाँच करोड ६१ लाख ९४ हजार २३७ बराबर कारोबार भई शीर्ष पाँच स्थानमा रहे।

     नेप्सेका अनुसार इमर्जिङ नेपाल, नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्था र राष्ट्र उत्थान लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो। यस्तै, जाल्पा सामुदायिक लघुवित्त ४.०१ र समता घरेलु लघुवित्तका लगानीकर्ताले २.३४ प्रतिशतले कमाए।

    त्यस्तै, एनआइबिएल समृद्धि फण्ड दोस्रो ४.७३, मिर्मिरे माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक ३.६८, नेपाल लाइफ इन्स्योरेन्स ३.६७, जीवन विकास लघुवित्त ३.६५, र आशा लघुवित्तका लगानीकर्ताले ३.५५ प्रतिशतले गुमाए। 


    तेस्रो आँखा