सुनचाँदीको मूल्य आज पनि बढ्यो

सुनचाँदीको मूल्य आज पनि बढ्यो


  • 1.7K
    SHARES
    • बैशाख २४, २०८३ बिहीबार
    • ५ महिना अघि
    • 2.7K Views

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    काठमाडौँ, वैशाख २४ ।बुधबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा एक हजार ८०० र चाँदी रु १०५ ले बढेको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९८ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार १५५ कायम भएको छ ।

    हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९६ हजार ८०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ५० मा खरिदबिक्री भएको थियो  ।

    गत मङ्गलबार एक तोला छापावाल सुन दुई लाख ९१ हजार र त्यति नै परिमाणको चाँदी चार हजार ८८० मा किनबेच भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०३ र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस


    तेस्रो आँखा