मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको सानदार सुरुवात

मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको सानदार सुरुवात


  • 1.7K
    SHARES
    • आषाढ ३, २०८३ बुधबार
    • ४ महिना अघि
    • 2.6K Views

    मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको सानदार सुरुवात

    काठमाडौँ, असार ३ गते । कप्तान लियोनल मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाले फिफा विश्वकपमा सानदार सुरुवात गरेको छ ।

    images

    समूह ‘जे’ अन्तर्गत अमेरिकाको कन्सास रङ्गशालमा बुधबार बिहान भएकको खेलमा साविक विजेता अर्जेन्टिनाले अल्जेरियालाई ३–० गोलले हरायो । अर्जेन्टिनाको जितमा मेस्सीले ह्याट्रिक पूरा गर्नुभयो ।

    जारी विश्वकपमा मेस्सीको यो कीर्तिमानी पहिलो ह्याट्रिक हो । १७औँ मिनेटमा डिबस्स बाहिरबाट अल्जेरियाका दुई रक्षकलाई विट गर्दै मेस्सीले हानेको सोलो प्रहारले विपक्षी गोलरक्षकको हातमा लाग्दै जाली चुमेको थियो ।

    त्यसपछि मेस्सीले ६०औँ मिनेटमा गर्नुभयो । मेस्सीले ७६औँ मिनेटमा डिबक्सबाहिरबाट हानेको प्रहार अल्जेरिकाका पाँच जना रक्षकलाई छल्दै गोल भएको थियो ।

    ह्याट्रिक गरेसँगै मेस्सीले मैदान छाड्नुभएको थियो । यस खेलमा मेस्सीले सर्वाधिक छैटौँ पटक विश्वकप खेल्ने कीर्तिमान पनि बनाउनुभएको छ । 

    यता खेलभर रक्षात्मक रणनिति अपनाएको अल्जेरियाले गोलका लागि दुई वटा फितला अवसर बनाएपनि सदुपयोग गर्न सकेन । पहिलो जितसँगै अर्जेन्टिनाले समूह ‘जे’ मा तीन अङ्क बनाएको छ । अल्जेरियाले हारबाट विश्वकप यात्रा सुरु गरेको छ । एजेन्सी

     

     


    तेस्रो आँखा