राष्ट्र बैङ्कद्वारा ४५ अर्बको निक्षेप सङ्कलन आह्वान

राष्ट्र बैङ्कद्वारा ४५ अर्बको निक्षेप सङ्कलन आह्वान


  • 2.0K
    SHARES
    • आषाढ ३, २०८३ बुधबार
    • ४ महिना अघि
    • 3.0K Views

    राष्ट्र बैङ्कद्वारा ४५ अर्बको निक्षेप सङ्कलन आह्वान

    काठमाडौँ, असार  ३ गते ।नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ४५ अर्ब निक्षेप सङ्कलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने आह्वान गरेको छ ।

    images

    विभागले सार्वजनिक सूचना जारी गरेर आजै दिउँसो ३ः०० बजेदेखि अनलाइन विडिङमार्फत बोलकबोलमा सहभागी हुन सक्ने उल्लेख गरेको छ । राष्ट्र बैंकले बोलकबोलको ब्याजदर भने सोही माध्यमबाट हुने जनाएको छ ।

    राष्ट्र बैंकले घटीमा १० करोड र बढीमा  पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी कूल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने छ ।

    निक्षेप सङ्कलनको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’  र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरु मात्रै सहभागी हुन सक्छन् । रासस

     


    तेस्रो आँखा