सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि


  • 2.1K
    SHARES
    • आषाढ ७, २०८३ आइतबार
    • ४ महिना अघि
    • 3.3K Views

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    काठमाडौँ, असार ७  गते ।  स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुन तोलामा रु ६०० र चाँदी रु ५० ले बढेको हो ।

    images

     नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ८७ हजार ३०० कायम भएको छ भने त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ६९० निर्धारण भएको छ ।

    गत शुक्रबार एक तोला सुन रु दुई लाख ८६ हजार ७०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ६४० मा कारोबार भएको थियो ।

    अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १५५ र चाँदी ६४ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्  ।  रासस

     


    तेस्रो आँखा