पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य घट्यो

पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य घट्यो


  • 3.2K
    SHARES
    • आषाढ १७, २०८३ बुधबार
    • ४ महिना अघि
    • 5.0K Views

    पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य घट्यो

    काठमाडौं, असार १६ गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

    images

    मध्यरातिदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर २० रूपियाँ, डिजेलमा ३० रूपियाँ तथा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपियाँले घटेको हो ।

    अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले बुधबार राति १२:०१ बजेदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको जनाएको हो ।

    इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर १५ रुपियाँ ९ पैसा, डिजेल २९ रुपियाँ ४६ पैसा, हवाई इन्धन प्रतिलिटर २९ रुपियाँ ४२ पैसा तथा एलपी ग्यासको मूल्य पनि घटेर आएको निगमले जनाएको छ।

    यसैगरी, अन्तर्राष्ट्रिय हवाई इन्धनको काठमाडौंका लागि बिक्री मूल्य प्रति किलोलिटर २६५ अमेरिकी डलरले घटाइएको छ ।

     


    तेस्रो आँखा