सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो


  • 1.5K
    SHARES
    • आषाढ २५, २०८३ बिहीबार
    • ३ महिना अघि
    • 2.3K Views

    सुनचाँदीको मूल्य घट्यो

    काठमाडौँ, असार २५  ।  स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा दुई हजार ४०० र चाँदी १६० ले घटेको हो । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुुन प्रतितोला दुई लाख ८४ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३४० कायम भएको छ ।

    हिजो छापावाल सुुन प्रतितोला दुई लाख ८७ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ५०० मा कारोबार भएको थियो ।

    अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७५ र चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस


    तेस्रो आँखा