मन परेको फूल अरु कसैले सिरमा सजायको होस् र पनि त्यो फूल प्रति प्रगाढ माया रहिरहोस। कस्तो छुट्टै आनन्द मिल्दछ । आफ्नै मान्छे हो भनौं कुनै सम्बन्ध नै छैन तर आत्मियता छुट्टै छ।
हामी दुबैले खुलेर केही भन्न नसके पनि एकअर्काको मनोभाव सजिलोसँग बुझ्ने गर्छौं। म के चाहान्छु उनलाई सबै थाहा छ। र मलाई उनी के चाहान्छिन सबै थाहा छ। हामीबीच एकअर्काको भावना मिल्छ, सोचाइ मिल्छ, रुचि चाहानाहरु पनि सबै मिल्छ।
तर मिल्दैन त बस त्यहीँ जात सायद म उसकै जातको हुन्थे भने धेरै कुराहरु पक्कै सहज हुनेथियो। मैले तिमीलाई बुझाउन पनि गर्न सजिलो हुने थियो। यो माया प्रेम भन्ने शब्दहरुको न मलाई परिभाषा जान्न मन छ न कुनै सटिक अर्थ नै थाहा पाउनु छ।
मैले मेरो जीवनमा धेरै साथीहरूसँग संगत गरे त्यसमा केटा र केटी दुवै बराबर नै थिए। कोही केटी साथी सँग त संगत गर्दा गर्दै यति धेरै नजिक पनि भएको थियो कि माया नै बसेको हो कि जस्तो पनि हुन्थ्यो । उसै सँग जिन्दगी नै बिताइदिउँ कि जस्तो पनि लाग्ने । तर मलाई धेरै पछि थाहा भयो जिन्दगी बिताउनको लागि त यस्तो व्यक्तिको खाँचो पर्दोरहेछ जस्ले हामीलाई बुझोस्।
हरेक परिस्थितिमा पनि साथ निभाउन सकोस उ सँग कुनै पनि कुराको स्वार्थ नहोस्। उसको साथमा दुःख र सुख पनि उस्तै उस्तै भइदियोस्। हाम्रो जीवनमा न सोचेका कुराहरु पुरा हुँदा रेहेछन न चाहेका मान्छेहरू आफ्ना।
सायद कसैबाट खोसेर तिमीलाई जबर्जस्ती आफ्नो बनाउन मिन्ने भइदिएको भए म जस्तो बलियो अरु कोही हुदैन थिए होलान् । म मेरो जिउज्यान लगाएर तिमीलाई आफ्नो बनाउने थिएँ। हामी बिचको धेरै कुराहरुको समानता हुँदाहुँदै पनि एउटा यस्तो चिज असमान भइदियो जुन कुराले मलाई सधै पश्चताप भन्दा अरु केही हुँदैन।
यो जात व्यवस्थाको कु’प्रथा खै कहिलेदेखि सुरु भयो होला कसले बनाएको होला। र किन बनाएको होला ? कहिलेकाहीँ त लाग्छ म जस्ता कयौं व्यक्तिहरु यो जातीय समस्याबाट धेरै चिन्तित छन। मान्छे हेर्दा जस्तो होस् उसको पहिरनले खाली आँखालाई मात्र लोभ्याउने हो तर भित्री मन सफा र सुन्दर भएको मान्छेलाई जो कोहिले पनि मन पराउँछन। उ सँग नजिकै हुन खोज्छन् उसलाई आफ्नो बनाउन चाहान्छन ।
हामी व्यक्तित्व भन्छौं नि हो त्यो उसको बाहिरी आवरणले मात्र पुरा भएको हुदैन।। हेर्दा सुन्दर देखिएर सफा लुगा लाएर आकर्षक हेयर स्टाईल नबनाएर मात्र व्यक्तित्व विकास कहिले हुँदैन। आवरण र आचरण दुवै राम्रो हुनु पर्दछ । मैले तिमीमा देखेको त्यहीँ हो तिमी साच्चिकै राम्रै छौ हेर्दा मात्र देखिने राम्रो होईन भित्री मन पनि सफा छ। तिमी झुट बोल्न कहिले जान्दैनौ तिम्रो मनमा जे छ त्यहीँ बोल्छौ कसैले के भन्ला भनेर कहिले सोच्दैनौ तिमी सही छौ जे हो त्यहीँ जस्ताको त्यस्तै प्रस्तुत गर्छौ।
तिमी कहिले डराउदैनौ कसैसँग झुक्दैनौ पनि सायद तिम्रा यस्तै यस्तै कुराहरूको प्रभावले हुनसक्छ म तिमी प्रति आकर्षित भएको । म तिमीलाई असाध्यै मन पराउँछु। तिमीबाट कहिले टाढा हुन चाहादैन। तिम्रो मन पनि कहिले दुखाउँन चाहदैन। फेरि जबर्जस्ती आफ्नो पनि त बनाउन सक्दैन ।
तिमी त अर्कै मान्छेको लागि समर्पित भईसकेको छौं । म सँग भाग्यलाई विश्वास गरेर तिम्रो खुसी हेर्न बाहेक अरु केही उपाय छैन। तिमी जे चाहान्छौ जस्तो चाहान्छौ तिम्रो खुसीमा नै मैले मेरो खुसी भेटाउने छु। जिन्दगीको कुनै मोडमा तिमी सँग भेट भईहाले छ भने केही पल तिमी सँगै बिताउन मन छ। मैले यो सोच्ने छु तिमीलाई सधैं आफ्नो बनाउन नसकेर के भयो केही पलको लागि भए पनि आफ्नो बनाउन त सकेँ।
तिम्रा केही अनौठा बानीहरु छन। तिमी जो मान्छेलाई पनि सजिलै विश्वास गर्छौ आफ्नो कमीकमजोरीहरु पनि सबैलाई भन्दै हिड्छौ । यो राम्रो पटक्कै होइन तिमी सँग कोही मिठो बोल्दैमा त्यसले तपाईंको बारे राम्रो सोच्छ त्यो मान्छे राम्रो हो भन्न सुहाउँदैन यहाँ आफ्नो स्वार्थको लागि आफ्नै आमा बुवालाई धोका दिएका उदाहरणहरु थुप्रै भेटिन्छन् ।
हुन त उमेरको हिसाबले पनि तिमी अझै सानै छौ। बिस्तारै सिक्दै जानेछौ। यो कुराहरू मैले तिमी सँग प्रत्यक्ष भन्न नसके पनि तिमीले यो पढिसकेपछि मनन पक्कै गर्नेछौं । बाँकी कुराहरू सम्भव भएसम्म तिमीलाई सुनाउदै गरौंला । तिम्रो सधै भलो चाहने अदृश्य अपरिचित साथी समिर।
समिर ओली
