काठमाडौँ, भदौ २५ गते । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपियाँ ८८ पैसा र बिक्रीदर १५२ रुपियाँ ४८ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७६ रुपियाँ ५४ पैसा र बिक्रीदर १७७ रुपियाँ २४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपियाँ ५२ पैसा र बिक्रीदर २०६ रुपियाँ ३३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपियाँ ३७ पैसा र बिक्रीदर १८८ रुपियाँ ११ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०९ रुपियाँ ५८ पैसा र बिक्रीदर ११० रुपियाँ ०१ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपियाँ १७ पैसा र बिक्रीदर ११० रुपियाँ ६१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपियाँ ०५ पैसा र बिक्रीदर १२० रुपियाँ ५२ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ८८ पैसा र बिक्रीदर नौ रुपियाँ ९२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ६४ पैसा र बिक्रीदर २२ रुपियाँ ७३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ४५ पैसा र बिक्रीदर ४० रुपियाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ६७ पैसा र बिक्रीदर ४१ रुपियाँ ८३ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ६२ पैसा र बिक्रीदर चार रुपियाँ ६३ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ३५ पैसा र बिक्रीदर ४१ रुपियाँ ५२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ३२ पैसा र बिक्रीदर ३७ रुपियाँ ४७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपियाँ ३४ पैसा र बिक्रीदर ११ रुपियाँ ३९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ८२ पैसा र बिक्रीदर १५ रुपियाँ ८८ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ६२ पैसा र बिक्रीदर २३ रुपियाँ ७१ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ३७ पैसा र बिक्रीदर १९ रुपियाँ ४४ पैसा, कुवेती दिनार एकको खरिददर ४९५ रुपियाँ २९ पैसा र बिक्रीदर ४९७ रुपियाँ २४ पैसा, बहराइन दिनार एकको खरिददर ४०२ रुपियाँ ८४ पैसा बिक्रीदर ४०४ रुपियाँ ४३ पैसा, ओमनी रियाल एकको खरिददर ३९४ रुपियाँ ४९ पैसा र बिक्रीदर ३९६ रुपियाँ ०५ पैसा रहेको छ ।
भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । रासस
