काठमाडौँ, भदौ ३१ गते । स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला एक हजार ७०० र चाँदीको मूल्य ८५ रुपियाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख एक हजार ८०० र चाँदीको मूल्य चार हजार ६८५ रुपियाँ कायम भएको छ ।
मङ्गलबार छापावाल सुन प्रतितोला तीन लाख १०० र चाँदीको मूल्य रु चार हजार ६०० रुपियाँकायम थियो । रासस
