२४ घण्टामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि 

२४ घण्टामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि 


  • 7.5K
    SHARES
    • चैत्र २०, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 11.5K Views

    २४ घण्टामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि 

    काठमाडौं, २० चैत्र । पछिल्लो २४ घण्टामा नेपालभर थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    images

    नेपालभर छ हजार नौ सय नौ जनाको नमुना परीक्षण गर्दा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    पाँच हजार आठ सय ४७ जनाको पिसिआर परीक्षण गर्दा २३ जनामा र एक हजार ६२ जनाको एन्टीजेन परीक्षण गर्दा शून्य जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण शून्य जनाको मृत्यु भएको छ भने ६६ जना संक्रमित निको भएका छन्। 

    हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या आठ सय ९९ रहेको छ। 

    20 gate.jpg

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमित

  • तेस्रो आँखा
    लेखकबाट थप