ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान

ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान


  • 287
    SHARES
    • कार्तिक ११, २०८३ मंगलबार
    • १ हप्ता अघि
    • 441 Views

    ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान

    काठमाडौँ, कात्तिक १० गते। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्नुभएको छ । 

    images

    एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन मन्त्री श्रेष्ठ मंगलबार दिउँसो बैंकक प्रस्थान गर्नुभएको हो । 

    संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक र सामाजिक आयोगद्वारा आयोजित सम्मेलनलाई मन्त्री श्रेष्ठले बुधबार सम्बोधन गर्नुहुने कार्यक्रम छ । 

    यसैगरी थाइल्याण्ड, नेपाल र यूएन इएससीएपीले संयुक्त रुपमा आयोजना गरेको ‘सगरमाथादेखि सागरसम्मस् एसिया(प्रशान्त क्षेत्रमा शृङ्खलाबद्ध विपद् रोक्न नेपालको भोटेकोशी(त्रिशूली घटनाले सिकाएका पाठहरू’ विषयक कार्यशालालाई मन्त्री श्रेष्ठले बिहीबार सम्बोधन गर्नुहुने कार्यक्रम छ । 

    सम्मेलनका क्रममा मन्त्री श्रेष्ठले विभिन्न देशका मन्त्रीसँग साइडलाइन वार्ता गर्नुहुने उहाँका प्रमुख स्वकीय सचिव सञ्जीव महर्जनले बताउनुभयो । 

    सम्मेलनका क्रममा मन्त्री श्रेष्ठले विपद् पूर्वसूचना प्रणाली, क्षेत्रीय स्याटेलाइटको निशुल्क प्रयोग र जलवायु क्षतिपूर्तिको विषय उठाउनुहुने महर्जनले बताउनुभयो ।  

    भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका बोर्ड सदस्य अंकिता शाह सहभागी हुनुहुन्छ । 

    मन्त्री श्रेष्ठ शनिबार स्वदेश फर्किनुहुने कार्यतालिका छ ।

     


    तेस्रो आँखा