तुलसीपुर, १० कात्तिक । नेपाल तरुण दलको ७४औँ स्थापना दिवसको अवसरमा तरुण दल तुलसीपुर नगर समितिले तुलसीपुर उपमहानगरपालिका–५, रानीजरुवाका ६ विपन्न परिवारलाई राहत वितरण गरेको छ।
तरुण दल तुलसीपुर नगर अध्यक्ष कमल घर्तीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा विपन्न परिवारलाई राहतस्वरूप खाद्यान्न सामग्री वितरण गरिएको हो।
कार्यक्रममा नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य तथा महासमिति सदस्य केशव आचार्य प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यस्तै, महासमिति सदस्य जितबहादुर केसी र जिल्ला सहसचिव तथा महाधिवेशन प्रतिनिधि सुबोधकुमार डाँगी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
स्थापना दिवसलाई सामाजिक सेवासँग जोड्दै विपन्न परिवारलाई राहत वितरण गरिएको तरुण दल तुलसीपुर नगर समितिले जनाएको छ।
