• ट्रेण्डिङ्ग :
पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना


  • 742
    SHARES
    • कार्तिक ३०, २०८३ आइतबार
    • १६ मिनेट अघि
    • 1.1K Views

    पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ, कात्तिक २९ गते । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ ।

    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली भाग तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी पहाडी र तराई भेगमा आंशिक बादल लाग्नेछ ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका केही र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ ।

    आज राति देशका हिमाली भागमा साधारणतया बादल लाग्नेछ भने कोशी प्रदेशलगायत पहाडी भेगमा आंशिक बादल लाग्नेछ । तराई, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ ।

    हिमाली भूभाग तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ ।

    महाशाखाले सम्भावित वर्षा, हिमपात, चट्याङ र असिनाको जोखिमलाई ध्यानमा राखी सर्वसाधारण तथा सम्बन्धित निकायलाई पछिल्लो मौसमी सूचना र पूर्वानुमानबारे नियमित जानकारी लिन आग्रह गरेको छ । 


    तेस्रो आँखा