• ट्रेण्डिङ्ग :
सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा प्रतिबद्ध छः प्रधानमन्त्री शाह

सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा प्रतिबद्ध छः प्रधानमन्त्री शाह


  • 27
    SHARES
    • कार्तिक ३०, २०८३ आइतबार
    • २६ मिनेट अघि
    • 41 Views

    सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा प्रतिबद्ध छः प्रधानमन्त्री शाह

    काठमाडौँ, कात्तिक २९ गते । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

    images

    प्रकृति र आस्थाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ । 

    सन्देशमा उहाँले छठका माध्यमबाट हामीलाई जीवनको एक गहिरो दर्शन सिकाउने उल्लेख गर्नुभएको छ । “भगवान् सूर्यदेव र छठी माताको आराधनाका साथ  परिवारको सुख, शान्ति, आरोग्य र सन्तानको दीर्घायुको कामना गर्दै यो पर्व मनाइन्छ”, उहाँले सन्देशमा भन्नुभएको छ, “जहाँ उदाउँदो सूर्यलाई झैँ अस्ताउँदो सूर्यलाई पनि उत्तिकै श्रद्धा र सम्मानका साथ अर्घ्य  दिइन्छ । यसले प्रकृतिप्रतिको कृतज्ञता र जीवनका हरेक अवस्थालाई सम्मान गर्ने प्रेरणा दिन्छ ।”

    चार दिनसम्म विधिपूर्वक मनाइने यस पर्वको पहिलो दिन नहाय-खाय, दोस्रो दिन खरना, तेस्रो दिन अर्थात् आज साँझ अस्ताउँदो सूर्यलाई र चौथो दिन भोलि बिहान उदाउँदो सूर्यलाई जलाशयको किनारमा अघ्र्य दिइने परम्परा प्रधानमन्त्रीले सन्देशमा स्मरण गर्नुभएको छ । 

    प्रधानमन्त्री शाहले छठ पर्वले हामी सबैमा सकारात्मक ऊर्जा भर्दै देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको सङ्कल्प पूरा गर्न प्रेरणा प्रदान गरोस् तथा भगवान् सूर्यदेव र छठी माताको कृपा हामी सबैमाथि सधैँ बनिरहोस् भन्ने कामना गर्नुभएको छ । 

    शुभकामना सन्देशको अन्त्यमा प्रधानमन्त्रीले मैथिली भाषामा समेत भन्नुभएको छ, “छैठके बहुत रास शुभकामना १ दीनानाथ आ छैठ परमेश्वरी सब के जीवन में सुख, शान्ति आ समृद्धि लइथिन से कामना करैछि ।” रासस


    तेस्रो आँखा