थप ३३ जनामा कोरोना संक्रमण, ८९ जना निको

थप ३३ जनामा कोरोना संक्रमण, ८९ जना निको


  • 6.6K
    SHARES
    • चैत्र २१, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    थप ३३ जनामा कोरोना संक्रमण,  ८९ जना निको

    काठमाडाैं, २१ चैत्र । नेपालभर थप ३३ जनामा कोरोना संक्रमण देखिएकोे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलेका अनुसार पाँच हजार ५९ जनामा कोरोना परीक्षण गर्दा ३३ जनामा संक्रमण देखिएको हो । 

    images

    मन्त्रालयका अनुसार सक्रिय कोरोना संक्रमितकाे सङ्ख्या ८४२ पुगेकामा पछिल्लो समय ८९ जना निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६५ हजार ७१४ पुगेको छ । निको हुने दर ९८दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

    आज संक्रमणका कारण कसैको पनि निधन भएको छैन। नेपालमा कोराना संक्रमण दर १७ दशमलव छ  प्रतिशत छ। हाल होम आइसोलेसनमा ८०६, संस्थागत आइसोलेसनमा ३६, आइसियुमा १५ र भेन्टिलेटरमा दुई जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा ६० हजार ७२ जनाले खोप लगाएका थिए । 

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमित

  • तेस्रो आँखा
    लेखकबाट थप