• ट्रेण्डिङ्ग :
बलेफी हाइड्रोपावर कम्पनीकाे आईपीओ भर्न अन्तिम दिनसम्म आवेदन दिनेको ओइरो

बलेफी हाइड्रोपावर कम्पनीकाे आईपीओ भर्न अन्तिम दिनसम्म आवेदन दिनेको ओइरो


  • 9.9K
    SHARES
    • चैत्र २१, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 15.3K Views

    बलेफी हाइड्रोपावर कम्पनीकाे  आईपीओ भर्न अन्तिम दिनसम्म आवेदन दिनेको ओइरो

    काठमाडाैं,२१ चैत्र । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले चैत्र १६ गते, बुधबारबाट निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा आज (चैत्र २१ गते, सोमबार) अन्तिम दिनसम्म पनि आवेदन दिनेको ओइरो लागेको छ ।

    images

    सीडीएसका अनुसार सोमबार साँझ ५ बजेसम्म २२ लाख ६४ हजार ३ सय ७८ जनाले २ करोड ६१ लाख ७१ हजार ३ सय ९० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि छुट्याइएको भन्दा १५।७३ गुणा धेरै हो ।

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ४ प्रतिशत अर्थात ७३ हजार १ सय १९ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ९१ हजार ३ सय ९८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १६ लाख ६३ हजार ४५३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।


    तेस्रो आँखा
    लेखकबाट थप