२४ घण्टामा थपिए एक सय ९७ जना कोरोना संक्रमित

२४ घण्टामा थपिए एक सय ९७ जना कोरोना संक्रमित


  • 7.6K
    SHARES
    • मंसिर ११, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 11.8K Views

    २४ घण्टामा थपिए एक सय ९७ जना कोरोना संक्रमित


    काठमाडौं, ११ मंसिर । पछिल्लो २४ घण्टामा नेपालमा एक सय ९७ जना कोरोना संक्रमित थपिएका छन् । ४ हजार ९०७ पीसीआर नमुना परीक्षण गर्दा १ सय ९७ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

    images

    यस्तै, १ हजार ७ सय २५ वटा एन्टिजेन नमुना परीक्षण गर्दा १६ जनामा पोजिटिभ देखिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । पीसीआर र एन्टिजेन गरी ६ हजार ६ सय ३२ परीक्षण हुँदा २ सय १३ जनामा कोरोना देखिएको छ ।

    यस्तै, शनिबार ३ सय २५ जना संक्रमित निको भएका छन् । नेपालमा कोरोना संक्रमण निको हुने दर ९७.७ प्रतिशत छ । यस्तै, ३ जना मृतक थपिएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय २१ पुगेको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ७ हजार १ सय ५६ रहेको मन्त्रालयले जनाएको छ । यस्तै, ९८ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ८ लाख २० हजार ७ सय २४ जनालाई कोरोना संक्रमण देखिएको छ, भने ८ लाख २ हजार ४७ जना निको भएका छन् ।

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमित

  • तेस्रो आँखा