काठमाडौं, २३ चैत्र । नेपालमा टाइफाइड विरुद्धको खोप अभियान चैत्र २५ गतेबाट देशभर सञ्चालनमा आउँदैछ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले खोप अभियानलाई गाउँ गाउँमा पुर्याउने अभियान थालेको हो । पाटन एकेडेमी फर हेल्थ साइन्सले गरेको एक अध्ययन अनुसार, नेपालमा प्रति वर्ष एक लाख जनसंख्यामा १ हजार ६२ टाइफाइड संक्रमण भएको तथ्यांक छ ।
सो तथ्यांक अनुसार एक लाख बालबालिकामा गरिएको अध्ययनमा ० देखि ४ वर्षका ७६४ जना, ५ देखि ९ वर्षका ६ हजार ७१३ जना र १० देखि १४ वर्षका ३ हजार ७५० जनामा टाइफाइड संक्रमण भएको छ । उक्त तथ्यांकका आधारमा हेर्दा संसारमा हरेक वर्ष २ करोड व्यक्तिहरु टाइफाइडबाट संक्रमित हुने गरेको र ती मध्य १ लाख ६१ हजार जनाको मृत्यु हुने गरेको छ । नेपालमा विगत पाँच वर्षको अवस्था हेर्दा हरेक वर्ष चार लाख ५० हजार जनामा टाइफाइड संक्रमित हुने गरेको छ । गत तीन वर्षको डाटा अनुसार टाइफाइड पानी र खानेकुराबाट हुने संक्रमण रोगहरुमध्ये तेस्रो र अस्पताल भर्ना हुने विरामीहरु मध्य चौथो स्थानमा देखिएको छ ।
नेपालमा नयाँ तथा प्रयोगमा रहेका गरी हालसम्म १३ वटा खोपहरु आएकाछन् । जसमा २००२ मा हेपाटाइटिस बी, २००४ मा डि पि टि–हेप बी, २००८ मा जे ई, २००९ मा हेमाफिलस इन्फ्ल्यूएञ्जा बी डि पि टि –हेप बी–हिब र २०१३ मा टोपीभस्वीच, बोप्भी र आई पि भि खोप सूरुवात भएको थियो । त्यस्तै २०१५ मा पि सि भि, २०१५ मा नै दादुरा रुबेला दोस्रो मात्रा, २०१६ मा जे ई, २०१६ मा नै एच पि भि, २०१८ मा एफ आई पी भी, २०२० मा रोटा टाइफाइड खोप र २०२२ मा टाइफाइड विरुद्धको खोप आएको थियो । त्यस्तै स्वास्थ्य सेवा विभागको अनुसार २०२३÷२०२४ मा एच पि भि खोप ल्याउने योजना रहेको छ ।
विश्वबाट विफर उन्मुलन भएपछि २०३४ सालदेखि नेपालमा विस्तारित खोप कार्यक्रमको अभियान सुरु भएको इतिहास छ । नेपालमा टाइफाइड विरुद्धको खोप अभियानको पृष्ठभूमि पनि निकै लामो छ । टाइफाइडको संक्रमण भइरहने देशहरुले टाइफाइड विरुद्धको खोप नियमित खोप कार्यक्रममा समावेस गर्न विश्व स्वास्थ्य संगठनले सन् २०१७ अक्टोबरमा सिफारिस गरेकाे थियो । त्यतिबेला विश्व स्वास्थ्य संगठनले प्रति एक लाख जनसंख्यामा १०० भन्दा बढी संक्रमणदर भएको अवस्थालाई उच्च जोखिम दरमा वर्गिकरण गरेको थियो ।
नेपाल टाइफाइड रोगको उच्च जोखिममा थियो । स्वास्थ्य संगठनले बहुवर्षीय खोप योजना (सन् २०१७–२०२१) अनुसार राष्ट्रिय खोप कार्यक्रममा क्रमस नयाँ खोपहरु समावेश गर्दै जाने योजना बाएको थियो । राष्ट्रिय सल्लाहकार समितिको १४ अगष्ट २०२० को बैठकले टाइफाइड खोपकाे अनुमति पाएको थियो ।
पदम भुजेल
