एजेन्सी, २४, चैत्र । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टको विवाहको मिति सार्वजनिक भएको छ । अप्रिल १५ मा विवाह बन्धनमा बाँधिन लागेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
उनीहरुको विवाहको मिति, संगीतदेखि मेहन्दी नाइटसम्मको मिति सार्वजनिक भएको छ । सार्वजनिक तालिकाअनुसार उनीहरुले आरके हाउस ‘वास्तु’ मा विवाह गर्दै छन्। यसैगरी १३ अप्रिलमा मेहन्दी, १४ अप्रिलमा संगीत कार्यक्रम राखिएको छ भने, १५ अप्रिलमा विवाहको मिति सार्वजनिक गरिएको छ ।
यो विवाहमा फिल्मी क्षेत्रका धेरै कलाकारहरू सहभागी हुनेछन् । विवाहमा धेरै ठूला कलाकार र फिल्म निर्देशकको सहभागिता हुने बताइएको छ । यो जोडी केही समयदेखि प्रेममा थियो । आलियाले सानैदेखि रणवीरलाई मनपराउने गरेको र विवाह गर्न चाहेको समेत बताउदै आएकी छन् ।
