काठमाडौं, २४ चैत्र । कैटरिना कैफले हालै पोष्ट गरेको माेनोकिनी फोटोमा कमेन्टको वर्षा भएको छ । उनका फ्यानले उनले पोष्ट गरेको फोटोमा धेरै राम्री, फेब्रेट, सुन्दर लगायतको कमेन्ट गरेका छन् ।
कैटरिना कैफ लाखौं दिल कि एक धड्कन् हुन् । उनका फ्यानले उनले सामाजिक सञ्जालमा गर्ने एक–एक पोष्टलाई कुरेर बसेका हुन्छन् । जब उनी आफ्नो सामाजिक सञ्जालमा पोष्ट गर्छिन् तब उनका फ्यानको लागि त्यो एउटा उत्सव नै बन्छ । हालै उनले आफ्नो इंन्स्टाग्राममा पोष्ट गरेको तस्विरले निकै चर्चा कमाइरहेको छ ।
कैटरिनाले कालो रङको कपडा लगाएर बसेको एउटा फोटो पोष्ट गरेकी छन् जसमा उनी निकै नै हट देखिएकी छन् । केही समय अगाडि उनी पति विक्की कौशलको साथमा बिदा मनाउन गएकी थिइन् । उनले यही छुट्टी मनाउन जाँदा खिचिएको फोटो भनेर आकलन गरिएको छ ।



