• ट्रेण्डिङ्ग :
गभर्नर अधिकारी निलम्बित

गभर्नर अधिकारी निलम्बित


  • 9.3K
    SHARES
    • चैत्र २६, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 14.4K Views

    गभर्नर अधिकारी निलम्बित

    काठमाडौं, २६ चैत्र । सरकारले नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीलाई केन्द्रीय बैंकको उद्देश्यअनुसार तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै निलम्बन गरेको छ । 

    images

    गभर्नर अधिकारीलाई शुक्रबार निलम्बनको पत्र बुझाएर अर्थमन्त्रालयले डेपुटी गभर्नर नीलम ढुङ्गानालाई निमित्त गभर्नरको जिम्मेवारी तोकेको हो । 

    मन्त्रिपरिषद्को बिहीबारको बैठकले राष्ट्र बैंकको संवेदनशील सूचना चुहाएकाले गभर्नर अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेसँगै उहाँ स्वतः निलम्बनमा पर्नुभएको मन्त्रिपरिषद्का एक सदस्यले जानकारी दिए । सर्वोच्च अदालतका पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा तीन सदस्यी जाँचबुझ समिति गठन भइसकेको उनको भनाइ छ । 

    राष्ट्र बैंकका एकजना उच्च अधिकारीले पनि गभर्नर अधिकारी निलम्बनमा परेको र उनको जिम्मेवारी डेपुटी गभर्नर ढुंगानालाई दिइएको पुष्टि गरेका छन् । 


    तेस्रो आँखा