९ महिनामै अर्थतन्त्र तहसनहस - नेकपा एमाले

९ महिनामै अर्थतन्त्र तहसनहस - नेकपा एमाले


  • 7.9K
    SHARES
    • चैत्र २७, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 12.1K Views

    ९ महिनामै अर्थतन्त्र तहसनहस - नेकपा एमाले

    काठमाडाैं,२७ चैत्र । प्रमुख विपक्षी नेकपा एमालेले ९ महिनाअघि आफूहरूले छाडेको सबल र सुदृढ अर्थतन्त्रलाई गठबन्धन सरकारले तहसनहस बनाएको आरोप लगाएको छ ।

    images

    एमालेका तीनजा पूर्वअर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले आइतबार पत्रकार सम्मेलन गरी ९ महिनामै अर्थतन्त्र तहसनहस बनाइएको र प्रतिस्थापन बजेटमार्फत विकासका कामसमेत अवरुद्ध पारिएको आरोप लगाएका हुन् ।

    एमालेले आफूहरूले छाड्दा र अहिलेको अर्थतन्त्रका सूचकहरू समेत सार्वजनिक गर्दै सबै क्षेत्र नकारात्मक रहेको जनाएको छ ।
    पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले विदेशी मुद्रा सञ्चिती ऋणात्मक हुन लागेका बेला सरकारले तस्करी प्रयोजनका लागि विभिन्न सामान आयात खुलाएको आरोप लगाए ।

  • सम्बन्धित विषय:

  • # नेकपा एमाले

  • तेस्रो आँखा
    लेखकबाट थप